सहकारीबाट सम्मानित भए सञ्चारकर्मी जोशी

पुनर्वास, कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा रहि विभिन्न विद्यामा कलम चलाउँदै आएका सञ्चारकर्मी हरिलाल जोशी सम्मानित भएका छन् । बुधबार पुनर्वास नगरपालिका–३ मा अवस्थित कालिका कृषि बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभाबाट सञ्चारकर्मी जोशी सम्मनित भएका हन् ।

सञ्चारकर्मी जोशीले सहकारी संस्थाको विभिन्न कार्यक्रम एवं कारोवारहरुको उजागर हुने गरी समाचार लेखन तथा प्रकाशन गरी संस्थाको उन्नती तथा प्रगतीमा उल्लेखनिय सहयोग पु¥याएकोमा सम्मान गरिएको सहकारीका अध्यक्ष शुकबहादुर तामाङले जानकारी दिए ।

हरेक कार्यको प्रभावका विषयमा उठान गर्ने निकाय नै पत्रकारिता जगत भएकाले आगामी दिनमा पनि संस्थाका यथार्थ विषयका खोजमुलक रुपमा कलम चलाउनुहुनेछ भन्ने विश्वास रहेको अध्यक्ष तामाङले बताए । २०६८ साल असार मसान्तदेखि पत्रिकाको हकरबाट पत्रकारिता क्षेत्रमा घुसेका सञ्चारकर्मी जोशी श्रम–सृजना राष्ट्रिय दैनिक, हेल्लो पुनर्वास राष्ट्रिय दैनिक र बागमती टेलिभिजनमा गरी एक दशक बिताएका छन् ।

उनी एकवर्ष देखि सुदुरपश्चिम सुनौलो मिडिया नेटर्वक प्रा.लि.को आफै सञ्चालक भई कैलाली र कञ्चनपुरमा विश्व खोज दैनिक पत्रिका सञ्चालन गर्दै आएका छन् । पत्रकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका सञ्चारकर्मी जोशीले आफु मात्रै हैन, अरुलाई पनि रोजगारी प्रदान गरी स्वरोजगार सृजना गर्दै आएको देखिन्छ ।

 

ताजा समाचार