कञ्चनपुरको गुलरिया बजारमा आगलागी हुँदा ४५ लाख बराबरको क्षति

अत्तरिया, कञ्चनपुरको गुलरिया बजारमा आगलागी भएको छ । कृष्णपुर नगरपालिका – ५ गुलरियामा रहेको शिवराज बिष्टले संचालन गरेको फेन्सी पसलमा आगलागी भएको हो ।

२ वटा सटरमा संचालित उक्त पसलमा आगलागी हुदाँ सबै सामान जलेर नस्ट भएको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ । आगलागी अहिले नियन्त्रणमा लिई सकिएको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रण गर्न अत्तरिया र झलारीबाट दमकल पुगेका थिए । अहिले प्रहरी घटनास्थलमै रहेको छ । संचालन शिवराज बिष्टअनुसार ४५ लाख बराबरको क्षति भएको उहाले बताउनु भएको थियो।

 

ताजा समाचार