चौधौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी दोस्रो पटक पनि भुवनेश्वरीले लियो

अत्तरिया, डडेल्धुराको परशुराम नगर स्तरीय चौधौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी दोस्रो पटक पनि भुवनेश्वरी नमुना मावि परिगाँउले लिएको छ । २१ स्वर्ण , १० रजत , ६ कास्य हात पारेको हो । त्यस्तै सिद्दनाथ मावि जोगबुडा १३ स्वर्ण ,५ कास्य,६ रजत, भागेश्वर मावि कटालले ८ स्वर्ण ,३ कास्य, ६ रजत र सिताराम मावि कुर्मुल्ले ५ स्वर्ण ,८ रजत,५ कास्य हात पार्न सफल भएका थिए ।

यही पौष १९ देखि २२ गतेसम्म परशुराम रङग मैदान जोगबुडामा आयोजत रनिङ शिल्ड प्रतियोगिता २०८० को परशुराम नगरपालिका नगर प्रमुख भरत वडायर जोशी अध्यक्षतामा सम्पन्न भएको थियो । नगर उपप्रमुख विमला वोहरा महता ,वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न सरोकार

निकायका प्रमुख तथा प्रतिनिधि,सुरक्षाकर्मी , विद्यालयका प्रधानाध्यापक,शिक्षक, खेलप्रेमी खेलाडीहरु विद्यार्थी कर्मचारी राजनितिक दलका नेता कार्यकर्ता र बुद्धिजिवीहरु,पत्रकार खेल विघाका रेफ्री निर्णयक लगायतको उपस्थिति रहेका थिए ।

 

ताजा समाचार