जाजरकोटको लक्ष्मी आदर्श आधारभुत विद्यालयका बिद्यार्थीहरुलाई न्यानो लुगा वितरण

अत्तरिया , जाजरकोटको कुशे गाउपालिका २ मा रहेको लक्ष्मी आदर्श आधारभुत विद्यालयका बिद्यार्थीहरुलाई न्यानो लुगा बितरण गरिएको छ। कञ्चनपुरकी समाजसेवी चादँनी ऐरको पहलमा ललिता हेयर एण्ड ब्युटी होमले खेलेको देउसी भैलो कार्यक्रमबाट जुटेको सहयोग रकमबाट ४० जना बिद्यार्थीहरुलाई ट्रयाक सुट, सुईटर लगायत न्यानो लुगा बितरण गरिएको हो ।

समाजसेवी ऐरले सबैको सानो सानो सहयोगले बिकट ठाउँमा पुगेर प्रत्यक्ष न्यानो लुगा बितरण गरेको बताउदै कोरियामा कर्मथलो बनाउदै आउनु भएका समाजसेवी उल्सान सिंह,सोलुखुम्बुका समाजसेवी एल.जि शेर्पा, समाजसेवी प्रबेश केसि, को सहयोगमा जोखिमपूर्ण यात्रा गरि राहत सामाग्री बितरण गर्न सफल भएको बताउनु भयो ।

कार्यक्रममा स्थानीय समाजसेवी इन्द्र सिंह, समाजसेवी राधिका शर्मा लगायत वडा अध्यक्ष,बिद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्र.अ., सम्पूर्ण शिक्षक शिक्षिकाहरुको उपस्थितीमा चौथो पटकको राहत बितरण गरिएको हो ।

 

ताजा समाचार