अत्तरियाको एक पसलमा आगलागी हुदाँ झण्डै ६ लाख बराबरको क्षति

अत्तरिया,अत्तरियाको एक पसलमा आगलागी हुदा झण्डै ५/६ लाख बराबरको क्षति भएको छ । गोदावरी नगरपालिका १ धनगढी रोड स्थित धिरेन्द्र बहादुर सिंहको जय श्री मष्टा देव जनरल स्टोरमा बिद्युतको तार सर्ट भएर आगलागी भएको हो । आगलागी हुदाँ खाद्यान्न किराना साथै फिरिज पेय पदार्थ, शैक्षिक सामाग्री जलेर नष्ट भएको छ ।

पसलमा आगलागीका बिषयमा बोल्दै गोदावरी नगरपालिका वडा नं.१ का कार्यवाह वडा अध्यक्ष गम्भिर बहादुर साउदले सोमबार साँझ करिब ६/७ बजेतिर धनगढी रोडको भरतपुर जाने बाटोमा आगलागी भयो । भने सुचना पाउने बितिकै दमकल पठाएर आगो नियन्त्रणमा लिएको उहाँको भनाई छ ।

वडामा छुटै राहात कोष नभएको र यसका लागि नगरपालिका सहकार्य गरेर क्षति पुर्तीका पहल गर्ने उहाँले बताउनु भएको थियो । साथै जय श्री मष्टा देव जनरल स्टोरका संचालक धिरेन्द्र बहादुर सिंहले गए राती करिब ६/७ बजेतिर पसल बन्द गरेर घर गएको बेला आगलागी भएको उहाँको भनाई थियो । ५/६ लाख बराबरको क्षती भएको उहाँको दाबी छ ।

प्रहरी प्रशासन र स्थानिय वडा प्रतिनीधीहरुले राहतका लागि पहल गरी रहेको सिहको भनाई थियो । आगलागी सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

 

ताजा समाचार