गोदावरी होटल व्यवसायी संघले सल्लाहकारहरु मनोनित गर्यो

अत्तरिया , कैलालीको अत्तरियामा रहेको गोदावरी होटल व्यवसायी संघले सल्लाहकारहरु मनोनित गरेको छ । नव निर्वाचित कार्यसमितिको आईतबार बसेको बैठकले सल्लाहकारहरु मनोनित गरेको हो ।

संघका नव निर्वाचित अध्यक्ष लक्ष्मण धामीको अध्यक्षतामा बसेको बैठकले संघको कानुनी सल्लाहकारमा अधिवक्ता देवराज भट्ट,प्रेस सल्लाहकारमा टिभी टुडे टेलिभिजन सुदूरपश्चिम प्रदेश संयोजक अनिल पन्त र सुदूर टाईम्सका सम्पादक शारदा फुलारालाई मनोनित गरिएको हो ।

त्यस्तै संघको सल्लाहकारमा डा.डम्बर बहादुर पाल,बिर्खराज भट्ट,छत्रराज जोशी,लिलाधर बास्कोटा रुकुमदेव भट्ट र सुरेन्द्र भट्ट नियुक्ति भएको होटल व्यवसायी संघले जानकारी दिएको छ ।

 

ताजा समाचार