बलात्कार मुद्दामा दोषी ठहर भएपछि सन्दीपले खेलेनन प्रोक्लबको फाइनल

काठमाण्डौं,नेपाल प्रो क्लब च्याम्पियनसिप क्रिकेटको फाइनल खेल अहिले पर्साको नारायणी रंगशाला वीरगन्जमा भइरहेको छ। उपाधिका लागि नेपाल पुलिस क्लब र पर्सा क्लब ११ बीच प्रतिस्पर्धा भइरहेको छ।

पर्साको कप्तान सन्दीप लामिछाने हुन्। शुक्रबारसम्मका सबै प्रतियोगिता खेलेका सन्दीपले शनिबारको फाइनल खेल भने खेलेनन्।शुक्रबार भएको सेमिफाइनलमा आर्मीलाई पराजित गर्ने क्रममा सन्दीपले ३ विकेट लिएका थिए।

बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले उनलाई कसुरदार ठहर गरेपछि उनी प्रतियोगिता नखेलेका हुन्। उनलाई दोषी ठहर गरे पनि सजायँ निर्धारणका लागि पुस २५ गतेको पेशी तोकिएको छ।

सन्दीपको अनुपस्थितिमा टिमको कप्तानी सुरज पटेलले सम्हालेका छन्। प्रतियोगितामा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल पुलिसले पर्सा ११ लाई जितका लागि १४६ रनको चुनौती दिएको छ। पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनाएको हो।

 

 

ताजा समाचार