गोदावरी-४ द्धारा वडा स्तरिय अतिरिक्त क्रियाकलाप सञ्चालन,नगर-प्रमुख भट्टले गरे उद्घाटन

अत्तरिया, कैलालीको गोदावरी नगरपालिका वडा स्तरिय अतिरिक्त क्रियाकलापको एक कार्यक्रमका विच नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टद्वारा उद्घाटन गरेका छन् ।

कार्यक्रमको सभापतिमा गोदावरी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष हेम प्रकाश मल्लको सभापतित्वमा संचालित कार्यक्रममा वडा भित्र रहेका सम्पूर्ण विद्यालय शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

अतिरिक्त क्रियाकलापको कार्यक्रममा राष्ट्रिय मावि बास्कोटा, लक्ष्मी मावि बुढितोला, भगवती आधारभूत विद्यालय फुलबस्ती, चाँदनी आधारभूत विद्यालय, गोलादेव आवि लगायत विद्यालयहरुको उपस्थिति रहेको थियो । कैलालीको दुर्गा माध्यमिक विद्यालयमा पानसमा बत्ती बालेर तथा ब्यानर पढेर कार्यक्रमका प्रमुख अतिथि विरेन्द्र भट्टद्वारा उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले यस क्षेत्रमा रहेका सम्पूर्ण विद्यार्थीको हक अधिकार, शिक्षा, स्वास्थ्य र पोषण सहित गुणस्तरिय शिक्षा सुधारका लागि पालिकाले गर्दै आएको सहयोग निरन्तरता सहित थप सहयोग गर्ने कुरा बताउनु भयो ।

यस विद्यालयमा केही दिनमा नै भारतीय राजदुताबासको आर्थिक सहयोगमा ठूलो पक्की भवन बन्नमा हामीले पालिकाको तर्फ बाट soil test का लागि दुर्गा माविलाई सहयोग गरेको बताए । निर्वाचनको समयमा बोलेका वाचाहरुलाई सबै वडाहरूमा अव्यवस्थित बसोबासलाई यसै आर्थिक वर्षमा पुर्जा दिने गरी काम अगाडी बढाउँदै गरेको कुरा समेत बताए ।

वडा भित्र रहेका विभिन्न विद्यालयमा प्रतेक वर्ष छुट्टा छुट्टै विद्यालयमा अतिरिक्त क्रियाकलाप गर्नाले विभिन्न विद्यालय बीच नजिकको सम्बन्द हुनुको साथै विद्यार्थीमा भएको बौद्धिक, सारीरिक, चौतर्थी विकासका लागि यस कार्यक्रमको ठूलो भूमिका रहेको कुरा वडा न ४ का वडा अध्यक्ष हेम प्रकाश मल्लले बताए

 

केही दिन पछि रनिङ शिल्ड हुँदै गर्दा यस्ता कार्यक्रमले बिद्यार्थी को उज्जल भविष्य सङ्गै खेल जगतमा राम्रो स्थान हासिल का लागि बाटो खुल्ने जनाएका छन्। कार्यक्रमको शुभकामना मन्तब्य दुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक कर्न साउदले गरेका थिए । भने कार्यक्रमको सञ्चालन शिक्षक प्रेमराज पाठकले गरेका थिए ।

 

ताजा समाचार