ग्रामीण महिला विकास तथा एकता केन्द्र (रूडुक) र अक्सफाम नेपालको साझेदारी ट्रोसा-II को कार्यशाला गोष्ठी जोगबुढामा सम्पन्न

अत्तरिया ,डडेल्धुराको परशुराम नगरपालिकामा ग्रामीण महिला विकास तथा एकता केन्द्र रूडुक र अक्सफाम नेपालको साझेदारी ट्रोसा-II को कार्यशाला गोष्ठी जोगबुढामा संचालन भएको थियो ।

उक्त परियोजनाले महाकाली नदीमा जलयात्राका लागि व्यवसायीक योगजना निमार्ण सम्बन्धित सरोकारवाला निकायहरु र स्थानीय तहका प्रमुख तथा निजी क्षेत्रहरुसँगको छलफल कार्यशाला गोष्ठि सम्पन्न भएको हो ।

महाकाली नदी जल यात्राका लागि एक महत्वपुर्ण स्थल पनि हो । यस नदिमा नगरपालिकाले मित्र राष्ट्र भारतसँग सम्झौता गरेर आफ्नो सिमा क्षेत्रमा मात्र र्याफ्टिङको व्यवस्था गरेमा सर्यौ स्थानिय युवाहरुले रोजगार पाउने सहभागीहरुको भनाई रहेको थियो ।

परशुराम धाम महाकाली नदीमा र्याफ्टिङ सञ्चालन र पर्यटकीय स्थलको रुपमा निर्माण गरेर अगाडी बढेर लैजाने स्थानिय तहको तयारी रहेको समेत नगरप्रमुख भरत जोशी बडायकको भनाई रहेको थियो ।

 

ताजा समाचार