सुदूरपश्चिम प्रदेशमा हुने लगानी सम्मेलन अघि गर्नुपर्ने कामहरू

दिपक जोशी , सुदूरपश्चिम प्रदेशमा आगामी फागुन २३ र २४ गते हुने लगानी तथा विकास सम्मेलन नजिकै गर्दा विभिन्न विषयमा छलफल आवश्यक देखिन्छ। सुदूरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्त रूपमा गर्न

लागेको विकास तथा लगानी सम्मेलनले देशका विभिन्न क्षेत्रलाई प्रभावित र उत्साहित बनाउन सक्नुपर्दछ। सम्मेलन हुनुअघि प्रदेश सरकारले केन्द्र सरकारसँग विभिन्न नीतिहरूका विषयमा लगानीकर्ताहरूलाई विश्वस्त पार्नेगरी छलफल गर्न आवश्यक देखिन्छ।

सम्मेलनले नेपालभरिका व्यापार प्रतिनिधिमण्डल, कर्पोरेट नेता, शिक्षाविद्, इनोभेटर्स र सरकारी नेतृत्वका लागि सामूहिक रूपमा सम्पूर्ण सुदूरपश्चिम प्रदेश व्यापार अवसर र साझेदारीको खोजी गर्ने मञ्चका रूपमा सुदूरपश्चिम विकास तथा लगानी सम्मेलन परिणत हुनुपर्दछ।

उधेगी, ब्यापारी र लगानीकर्तालाई विश्वस्त पार्न सम्मेलन अघि सुदूरपश्चिम प्रदेश सरकारले केन्द्रीय सरकार सँग सहकार्य गरी अविलम्ब निम्न नितीहरूमा अनुमोदित वा संशोधित गर्नुपर्ने भएमा उक्त कार्य गरी सम्पूर्णलाई विश्वस्त तुल्याउनु पर्ने हुन्छ।

छलफलका लागि यहाँ प्रस्तुत गरिएका मुख्य वटा नीतिमाथि सुदूरपश्चिम सरकारले केन्द्र सरकारसँग तत्काल छलफल गर्नुपर्ने देखिन्छ र सम्मेलन अघि नै सोअनुसार नीतिहरू बनाउनु पर्दछ।

१) विशेष प्याकेजका लागी दिशा निर्देश ।

२) मेघा उद्योग र औधोगिक नीति ।

३) प्रदेश सरकारको सर समान उपलब्धता नीति ।

४) व्यापार सुरुवात नीति ।

५) लघु, साना तथा मझौला उद्यम नीति ।

६) निजी औधोगिक नीति ।

७) निर्यात नीति ।

८) पर्यटन व्यवसाय तथा रोजगार नीति ।

९) आयकर ऐन नीति (जसमा लगानीकर्ताहरूलाई आकर्षित गर्न के कस्तो करका दरहरूमा सहुलियत प्रदान गरेको छ, आदी)

१०) अन्य स्थानीय ऐन नियम नीति ।

यी माथि उल्लिखित नीतिहरूबारे प्रदेश सरकारले तत्कालै केन्द्र सरकारसँग छलफल गरेर निष्कर्षमा पुगेपछि मात्रै लगानी सम्मेलनलाई प्रभावकारी बनाउन सकिन्छ । सुदूरपश्चिम प्रदेश आफैमा विभिन्न क्षेत्रमा लगानीको ठुलो संभावना रहेको क्षेत्र हो ।

सम्मेलनले लगानीकर्ता, निजी र सार्वजनिक संस्थाहरूलाई अत्याधुनिक प्रविधि, आविष्कार, र भविष्यका चुनौतीहरूको सामना गर्नका लागि पनि सहयोग गर्न र प्रदर्शन गर्ने अवसरहरू पनि प्रदान गर्ने कुरामा सिङ्गो सुदूरपश्चिमवासी आशावादी छन् ।

सम्मेलनका विभिन्न सत्रहरूमा उद्योग व्यापारमा देखिएका विभिन्न चुनौती र अवसरहरूमा वास्तविक र व्यापक छलफल गरेर लगानी र विकास सुनिश्चित हुनेमा थप आशावादी हुन सकिन्छ ।

राज्यले आकर्षक प्रोत्साहन र प्रक्रियागत समर्थन सहित क्षेत्रगत र व्यापक सहजिकरण सहित दुवै किसिमका बृहत् नीतिहरूले लगानीकर्ताहरू समक्ष सरकारी अनुमोदन सहितको वाचा–पत्र प्रस्तुत गरी भूमि र पूँजी अनुदान, ब्याज अनुदान लगायतका सुविधा सहित सुदूरपश्चिम प्रदेशलाई एक आकर्षक लगानी गन्तव्यका रूपमा परिचित गर्नका लागि सम्मेलन एक सुनौलो अवसर बन्नुपर्दछ ।

प्रदेश लगानी सम्मेलनले आफ्ना लगानीकर्ताहरूको लागि राम्रो निर्णय लिने काममा सहयोग र लगानीकर्ताहरूलाई सहयोग गर्न बिजिनेस–टु–बिजिनेस (द्यद्दद्य) र सरकार–देखि–व्यवसाय (न्द्दद्य) बैठकहरू पनि सञ्चालन गरेको खण्डमा लगानी सम्मेलनको औचित्यलाई अझै पुष्टि गर्न सकिने छ भन्ने कुरामा सरोकारवालाहरूको ध्यान आकृष्ट गर्न चाहन्छु ।

सदियौँदेखि केन्द्रको हेपाहा दृष्टिमा परेको सुदूरपश्चिम सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएपछि केही तङ्ग्रिन थालेको छ । एकात्मक राज्य व्यवस्थाको सबैभन्दा ठुलो मारमा परेको सुदूरपश्चिममा सङ्घीय गणतन्त्रपछि विकासको सुरुवात भएको छ । सिङ्गो देशको अर्थतन्त्र र विकासमा टेवा पुर्‍याउनु सक्ने अथाह संभावनाहरू भएर पनि विगतमा एकात्मक शासन प्रणालीले सुदूरपश्चिम उपेक्षामा पर्दै आएको तितो सत्य हो ।

सुदूरपश्चिममा खप्तडदेखि शुक्लाफाँटा, चुरैदेखि तराईका समथर फाँटहरू यहाँका ठुलो संभावना बोकेका क्षेत्रहरू हुन् । सुदूरपश्चिम मिश्रत भाषा र संस्कृतिले भरिपूर्ण छ ।

यहाँका नदी नालाहरूले देशको उर्जा क्षेत्रमा ठुलो योगदान गर्न सक्छन् भने तराइका फाँटहरूमा उद्योग र कलकारखानाले ठुलो रोजगारी सिर्जना गर्न सक्छन् ।

खप्तड र शुक्ताफाँटा आरक्ष क्षेत्रले स्वदेश तथा विदेशी पर्यटक लोभ्याउनका साथै त्यहाँ पाइने विभिन्न बहुमूल्य बिस्पती र जडीबुटीले देशको अर्थतन्त्रमा टेवा पुग्न सक्छ ।

यी सबै अथाह सोभावना बोकेका क्षेत्रमा योजनाबद्ध ढंगले लगानी भित्र्याउन सर्वप्रथम प्रदेश सरकार नै आफैमा योजना पूर्ण ढंगले सम्मेलनको तयारीमा जुट्नु पर्दछ । होइन भने लगानी सम्मेलनका नाममा कुनै स्वार्थ समुहले आफ्नो इच्छा मात्रै पुरा गर्नेछ र सुदूरपश्चिम फेरि पनि त्यही गरिबी, बेरोजगारी, परनिर्भरता र विभेदमा बाँच्न बाध्य हुनेछ ।

सुदूरपश्चिम प्रदेशमा आगामी फागुन २३ र २४ गते हुने लगानी तथा विकास सम्मेलनबाट विभिन्न उद्योगी, व्यापारी, लगानीकर्ताहरूलाई हामीले आर्कषित गर्न सक्यौँ भने त्यसले विकासको मूल फुट्न धेरै समय लाग्नेछैन् ।

लगानी सम्मेलनले हाल सुदूरपश्चिममा भएका उद्योग, कलकारखानाहरूका अप्ठ्यारा र समस्याहरूका विषयमा पनि सम्मेलनमा एजेन्डात छलफल हुनुपर्दछ । जसले सञ्चालनमा रहेका थोरै उद्योग, कलकारखाना, व्यापार, व्यवसायलाई थप विकास गर्न सहज होस ।

सम्मेलनले राजनीति स्वार्थ भन्दा पनि सिङ्गो सुदूरपश्चिमको समग्र विकासलाई ध्यान राखेर सफलतापूर्वक सम्पन्न गर्न सकोस शुभकामना व्यक्त गर्दछु ।

दिपक जोशी, अधिवक्ता

गौरीगंगा कैलाली

हाल–कलंकी, काठमाण्डौं

 

ताजा समाचार