कैलाली पुगेर काँग्रेस सहमहामन्त्री पाण्डेले भने : सहमतीको आधारमा गठबन्धनका तीनै नेताले प्रधानमन्त्री बनाउनु पर्छ

धनगढी, नेपाली कांग्रेसका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य बद्री पाण्डेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनु पर्ने बताएका छन्।

आज कैलालीको धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धनमा भएको सहमति अनुसार नेपाललाई प्रधानमन्त्री बनाउनु पर्ने उल्लेख गरेका हुन्। उनले नेपाल, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाबीच पहिलो चरणमा भएको सहमति कार्यान्वयन गर्नु पर्नेमा जोड दिए।

‘प्रचण्ड, माधव कुमार नेपाल र शेरबहादुर देउवा बिच सहमतिको आधारमा प्रधानमन्त्री बन्ने सहमति भएको सुनेका छौँ’ उनले भने ‘माधव नेपाललाई पनि आश्वासन दिइएको थियो भने बन्न दिनु पर्छ शेरबहादुर देउवा पनि बन्नु पर्छ।’

उनले प्रधानमन्त्री प्रचण्डलाई अब एक वर्षको समयसीमा मात्रै रहेको बताए। हामीलाई आधिकारिक जानकारी त दिइएको छैन,।

तर, सुन्नमा आए अनुसार प्रचण्डलाई दुई वर्षको समय छ’ उनले भने ‘अब एक वर्ष मात्रै उहाँसँग छ। अझै तदारुकताका साथ अगाडी बढ्नु पर्छ।’वर्तमान सरकारका ठुला काण्ड सुन्न परेको बताउँदै उनले त्यसलाई उपलब्धिका रूपमा चित्रण गरे।

 

ताजा समाचार