राष्ट्रिय सभा चुनावको माघमा मतदान हुँदै, सुदूरपश्चिमको मतदान स्थल प्रदेश सभा

धनगढी , राष्ट्रिय सभा चुनावको माघमा मतदान हुँदैछ। माघ ११ गते हुने चुनावका लागि निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढीमा मतदानस्थल तोकेको छ।

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढीमा मतदानस्थल तोकेको बताए। सुदूरपश्चिम प्रदेशमा जम्मा मतभार ६१५३ रहेको छ।

सुदूरपश्चिममा १७६ स्थानीय तहका जनप्रतिनिधि छन्। उनीहरुको ३३४४ जम्मा मतभार हुन्छ। स्थानीय तहका एक पदाधिकारीको मतभार १९ हुन्छ। सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्यहरू छन्। उनीहरुको जम्मा मतभार २८०९ हुन्छ।

आयोगले प्रत्येक प्रदेशमा एकरएक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुईरदुई वटा मतदान केन्द्र राख्ने निर्णय भएको छ। जसमा ७ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ।

कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर मतदानस्थल तोकिएको छ। मधेश प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाममा मतदानस्थल राखिएको छ।

बागमती प्रदेशका लागि श्री भुटनदेवी मावि प्राविधिक शिक्षालय, ब्लक एफ प्राविधिक भवन, हेटौडामा र गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा राखिएको छ। लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा मतदानस्थल तोकिएको छ।

मतदानस्थलमा प्रदेश सभा सदस्य र गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, नगर प्रमुख, उपप्रमुखले बेग्लाबेग्लै मतदान केन्द्रहरूमा मतदान गर्ने प्रवक्ता पौडेलले बताए। माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ।

 

ताजा समाचार