पूर्व पश्चिम राजमार्ग अवरुद्ध

अत्तरिया, कैलालीमा पुर्व पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । कैलालीको साडेपानीमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका भोजबहादुर शाहीको घटनाको छानबिनको माग गर्दै सडक अवरुद्ध गरिएको हो ।

मंगलबार पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका – १ स्थित जङ्गल रिसोर्ट नजिकै सुपप्र ०१०१० प ५०७० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–२ विशाल चोक बस्ने अन्दाजी ३० वर्षीय भोजबहादुर शाहीको मृत्यु भएको थियो ।

प्रहरीले मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको जनाएपनि स्थानीयले भने गाडीले ठक्कर दिएर दुर्घटना भएको भन्दै छानविनको माग गरेका छन । सडक खुलाउने प्रयास जारी रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

 

ताजा समाचार