एमाले नेता तथा पूर्वसांसद शाह राप्रपा नेपाल प्रवेश

काठमाडौं, नेकपा एमालेका नेता तथा पूर्वसांसद गोविन्दविक्रम शाह राप्रपा नेपालमा प्रवेश गरेका छन्। बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक रहेको भन्दै शाह पार्टी प्रवेश गरेको राप्रपाका महामन्त्री राजाराम बर्तौलाले बताए।

शाहलाई स्वागत गर्दै अध्यक्ष कमल थापाले अहिले मुलुकमा कायम संघीय गणतन्त्र भ्रष्ट तन्त्रमा परिणत भएको भन्दै व्यवस्था परिवर्तन नभई अवस्था परिवर्तन नहुने बताए। नवप्रवेशी शाहले मुलुकको राष्ट्रिय राजनीतिमा राप्रपा नेपाललाई स्थापित गराउन भरमग्दुर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।

 

ताजा समाचार