अत्तरियामा खुल्यो म्युजिक सप

अत्तरिया , कैलालीको अत्तरियामा रहेको वरपिपल गल्लीमा एक म्युजिक सप खुलेको छ । साझा संगित नामक म्युजिक सप एण्ड ईन्स्च्यिुट सप खुलेको हो । अत्तरिया बजारमा पहिलो म्युजिक सप सञ्चालनमा ल्याएको म्युजिसियन तथा सञ्चालक धिरज महराले बताए ।

काठमाण्डौमा म्युजिक सिकेर करिब ६ बर्षको अनुभव बटुलेका लेबल टु म्युजिसियन महराले म्युजिक प्रति रुचि भएका म्युजिसियनको मध्यनजर गर्दै म्युजिक सप सञ्चालनमा ल्याएका हुन् ।

उनले पछिल्लो समयमा धेरैजसो म्युजिक प्रति रुचि भएका तर म्युजिक साधन खरिद गर्ने ठाउ र म्युजिक सिक्ने ठाउँ नभएकाले उक्त कुरालाई मध्यनजर राख्दै म्युजिसियनका लागि म्युजिक सप सञ्चालनमा ल्याएको बताए ।

म्युजिक सपमा क्लासिकल देखि ओईस्टन म्युजिकका सबै सामानहरु पाईने छन भने म्युजिक कलास पनि सञ्चालन भईरहेको म्युजिसियन तथा सञ्चालक महराले बताए।

क्लासिकल म्युजिकका लागि ढोलक, तबला, हार्मोनियम, लोकभाकामा बज्ने मादल र भजन कृतनमा बजाईने मिज्राहरु रहेका छन भने ओईस्टन म्युजिकका लागि गितार, किबोर्ड, क्याजन, ड्रम लगायतका सामाग्रीहरु रहेको उनले बताए ।

उनका अनुसार भोकल, किबोर्ड, गितार र ड्रम लगायतका म्युजिक कोर्सका साथै म्युजिकको भाषा सिकाईने र अभ्यास पनि गराईने छ । साथै बाजाहरुको मर्मत गरिने र सामाग्रीहरु पनि उपलब्ध गराईने म्युजिसियन तथा सञ्चालक महराले बताए ।

हाल सम्म कोहि नपुगेको ठाउँमा प्रत्यक्ष पुगेर राहत बितरण गर्ने समाजसेवि चाँदनी ऐर लगायत सहजीकरण गर्ने सबैलाई फुलमाला सहित स्वागत तथा सम्मान गरिएको थियो ।

 

ताजा समाचार