वाणिज्य संघका पदाअधिकारी बिचको विवादका कारण व्यापारीहरु आज बजार बन्द गर्न अन्योलमा

अत्तरिया , कैलालीको गोदावरी नगर उधोग बाणिज्य संघले बजार बन्द गर्ने निर्णय विवादमा रहेको छ । संघ अध्यक्ष कल्याण सिं बोहराले सामाजिक सन्जाल मार्फत हरेक महिनाको दोस्रो र अन्तिम शनिबार बजार बन्द हुने जानकारी गराएको कुरा व्यापारीहरु गत वर्षमा गरीको संघको निर्णयलाई नै पालना गरीको पाईएको छ ।

तर संघ कै बरिष्ट उपाध्यक्ष दल बहादुर खड्काले बोहराको स्ट्याट्समा कमेन्ट लेख्दै भनेका छन् अत्तरिया उद्योग बाणिज्य संघको यो कुनै आधिकारिक बैठकबाट निर्णय पारित भएको छैन व्यापारी साथीहरु भ्रममा नपर्नु होला ।भने कुरा आज १५ गते केही व्यापारीहरुले बन्द गरेका छन् ।

संघको स्थापना काल देखि नै अत्तरिया बजार हरेक महिनाको १५ र २८ गते बन्द हुँदै आएको थियो । सामाजिक संजाल फेसबुकमा अध्यक्ष बोहराले आफू खुशी बन्द गर्ने निर्णय गरेको भन्दै अत्तरियाका ब्यबसायीहरु गरी रहेका केही व्यापारीहरु आज बन्द गरेका थिए ।

 

ताजा समाचार