नेकपा एमालेकाे मध्यपहाडी लाेकमार्ग अभियान बैतडीकाे झुलाघाटबाट सुरु

काठमाडौँ, नेकपा एमालेको मध्यपहाडी यात्रा सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले झुलाघाटमा राष्ट्रिय झन्डोत्तोलन गरेर अभियानको सुरुवात गरेका हुन  ।

अध्यक्ष ओलीले नेपाल–भारतको सीमावर्ती बजार झुलाघाटबाट नेपालको राष्ट्रिय झण्डोत्तोलन गरेर यात्राको उद्घाटन गरे । योसँगै एमालेको आजदेखि बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभज्याङसम्मको यात्रा सुरु भएको छ ।

अभियानका लागि पार्टी अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, रामबहादुर थापा, महासचिव शंकर पोखरेलगायतका पार्टी पदाधिकारी र केन्द्रीय नेताहरू बुधबार साँझ बैतडीको सदरमुकाम गोठलापानी पुगेका थिए

पुष्पलाल राजमार्गको रुपमा चिनिने मध्यपहाडी लोकमार्ग १ हजार ८७९ किलोमिटर छ । यात्राका दौरानमा स्थानीय जनता, सरोकारवाला, वृद्धिजीविसँग छलफल हुने एमाले प्रचारप्रसार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए  ।

 

ताजा समाचार