नेकपा एमाले को पदयात्रा आज देखि शुरु

बैतडी , प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्रा बिहीबार आज बाट सुरु हुँदैछ। पदयात्राको शुभारम्भ पार्टी अध्यक्ष केपी ओलीले गर्दैछन्।

‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिइएको यो पदयात्रा मध्यपहाडी क्षेत्र केन्द्रित हुनेछ। एमालेले संकल्प यात्राको सुरुवातका लागि महाकाली किनारको सीमावर्ती बजार बैतडीको झुलाघाट रोजेको छ।

पदयात्रा शुभारम्भका लागि एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेता बैतडी पुगिसकेका छन्।

ओली सडक मार्ग हुँदै धनगढी बाट बैतडी पुगेका हुन । ओली संगै पार्टीका बरिस्ठ नेता इस्वर पोखरेल , महसचिब शंकर पोखरेल लगाएत सिंगो हेडक्वाटर नै अहिले बैतडी मा छ ।

यात्रा आज बैतडीबाट शुरु भएर पुर्ब तर्व अगाडि बढने छ । भोलि डडेलधुरा को बसपार्कमा सन्देश लाठो गर्ने एमालेले जनाएको छ ।

पदयात्रा को क्रममा अध्यक्ष ओली सहितका नेतहरुले स्थानीय संग छलफल समेत गर्ने छन् ।

 

ताजा समाचार