दुर्गा प्रसाईं समूह को आन्दोलन आजदेखि तिनकुने केन्द्रित

काठमाडौँ , राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाईंले आजबाट तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् ।

पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईं आजबाट तीनकुने केन्द्रित हुने भएका हुन् ।

प्रसाईंले बिहीबार बल्खुमा गरेको कार्यक्रममा युवा सङ्घका कार्यकर्ता र प्रहरीसँग पटक पटक झडप भएको थियो । त्यस क्रममा केही सवारी साधन तोडफोड हुनुका साथै दुवैतर्फ केही व्यक्ति घाइते भएका थिए।

ब्यबस्था परिबर्तन नभए सम्म आन्दोलन जारी राख्ने उक्त समूह को दाबी रहेको छ । प्रदर्सन को लागि देशै भर बाट मान्छेहरु काठमाडौ आएका छन् ।

 

ताजा समाचार