बल्खुमा झडप, प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहोरा

 काठमाडौं , काठमाडौंको बल्खुमा प्रदर्शनरत दुर्गा प्रसाईंको समूह र प्रहरीबीच झडप भएको छ ।

बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेर अश्रुग्यास र पानीको फोहोरा हानेको छ ।

प्रहरी बल प्रयोग गरेपछि प्रदर्शनकारीले प्रहरीतर्फ इँट्टा र ढुंगा हानेका छन् । प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेका थिए ।

त्यसपछि प्रदर्शनकारीको समूह बल्खुचोकबाट कालिमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

 

ताजा समाचार