अत्तरिया उधोग वाणिज्य संघले सल्लाहकार सदस्य मनोनित गर्यो

अत्तरिया, कैलालीको अत्तरियामा रहेको अत्तरिया उधोग वाणिज्य संघले विभिन्न पदमा सल्लाहकारहरु मनोनित गरेको छ । संघको मंगलबार बसेको वैठकले विभीन्न पदका लागि सल्लाहकारहरु नियुत्त गरेको हो ।

संघले कानुनी सल्लाहकारमा विर बहादुर जेठारालाई नियुत्त गरेको छ । त्यसै गरी प्रेस सल्लाहकारमा शारदा फुलारालाई नियुत्त गरेको छ ।

संघको वरिष्ठ सल्लाहकारहरुमा विर बहादुर बलायर, प्रकाश बहादुर बम, तुलसी देवकोटा, खेमा देवी विष्ट, विरेन्द्र भट्ट र शारदा देवी रोकायालई नियुत्त गरिएको छ । त्यसैगरी राजु भट्टराईको संयोजकत्वमा ४२ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

त्यसैगरी उक्त वैठकले तेज कार्की र रमेश बोगटीलाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ । अत्तरिया उधोग वाणिज्य संघमा गत असार २३ गते कल्याण सिंह बोहराको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो ।

 

ताजा समाचार