अत्तरिया , कैलालीको गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टले जाजरकोटमा आफू स्वयम भूकम्पबाट ग्रसित ठाउँ जाजरकोटमा पुगेर भूकम्पका पीडितलाई आफूले खाईपाई आउदै गरेको २ महिनाको सेवा सुविधा दिने घोषणालाई आज पुरा गरी पिडितलाई राहात हुने गरी जाजरकोटको विपतकोषमा नगद तथा जेन्सी सरसमान जम्मा गरेका छन ।
तेसै गरी भूकम्प पीडितहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि गोदावरी नगरपालिका, कैलालीको तर्फबाट रु. १,००,०००/- (एक लाख) र नगरपालिकाको स्थानिय अत्तरिया बजार बाट संकलन गरीएका ७ लाख बराबरका लत्ताकपडा र नगर प्रमुखले पाउने दुई महिनाको सेवा सुविधा वापतको रकम समेत नेपाल सरकारलाई सहयोग वापत उपलब्ध गराउने निर्णय अनुसार आजै उक्त रकम हस्तान्तरण गरेका छन ।
स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न गोदावरी नगरपालिका, कैलालीले अनुरोध समेत गरेका छन ।
जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११:४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएको घटनाले समस्त नेपालीलाई मर्माहत र दुखी बनाएको छ । यस्तो समयमा सरकार, राजनैतिक दलहरु, संघ-संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न गोदावरी नगरपालिका अत्तरियाम कैलालीले सबैमा अपील समेत गरेको छ ।