काठमाडौं, चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ बुधबार नेपाल आउँदै छन्। पाँचदिने नेपाल बसाइका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ।
उनले शुरुमा बुधबार दिउँसो उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई भेट्ने कार्यक्रम छ। बिहीबार बिहान उनले प्रधानमन्त्री पुष्पकमल दाहादसँग भेट गर्ने कार्यतालिका छ ।
बिहीबार नै उनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीसँग पनि भेटवार्ता गर्नेछन्।
वाङको भ्रमणका क्रममा प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा तिब्बतसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे छलफल हुने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाले जानकारी दिए।