काठमाडौँ , भारतीय क्रिकेटर शिखर धवनले नेपालमा गएको भूकम्पबाट प्रभावित प्रति समवेदना व्यक्त गरेका छन् ।
शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निचुडको भूकम्प जाँदा १ सय ३७ जनाको मृत्यु भइसकेको छ ।
धवनले सामाजिक सञ्जाल एक्समा भनेका छन्,‘अर्को भूकम्पको विनाशकारी प्रभावको सामना गरिरहेका नेपालका जनताहरूप्रति मेरो सहानुभूति छ ।
उनीहरूबारे ख्याल राख्दै पीडितहरूलाई मद्दत गर्न राहतका प्रयासहरूलाई समर्थन गरौँ ।’