बहराइनलाई हराउँदै ओमान पुग्यो विश्वकप

काठमाडौं । टी–२० विश्वकपमा बहराइनलाई हराउँदै ओमान विश्वकपमा छनोट भएको छ । कीर्तिपुर मैदानमा बहराइनले दिएको १०७ रनको चुनौती भेटाउँदै विश्वकपमा छनोट भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ९ विकेटको क्षतिमा १०६ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओमानले बिना विकेट ३५ बल बाँकी रहँदै सहज जित निकाल्यो ।ओमानका लागि कश्यप प्रजापतीले अविजित ५७ रन बनाए । प्रतिक अथाभाले ४८ रनमा अविजित रहे ।

 

ताजा समाचार