काठमाडौं, राजा ज्ञानेन्द्र शाहले देशमा भइरहेको गतिविधिबाट पाठ सिकेर अघि बढ्न सुझाव दिएका छन्।
मंगलबार महाराजगञ्जस्थित निर्मल निवासमा नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणहरुलाई टीका लगाइदिँदै उनले यस्तो बताएका हुन्।
उनले व्यंग्यात्मक रुपमा देशमा भइरहेका गतिविधिप्रति लक्षित गर्दै छिनछिनमा भुइँचालो गइरहेकाले विचार गरेर बस्न आग्रह गरे।
उनले भने, ‘सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा दशैंको शुभकामना दिन चाहन्छु। धेरै भन्नुपनि हुँदैन, सप्तमीको दिनमा भनेको छु। हामीले पाठ पनि सिक्नुपर्नेछ। छिनछिनमा भुइँचालो पनि आइरहेको छ। विचार गर्नुस्।’
राजा शाहले नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा सम्पूर्ण नेपालीहरुमा दशैँको शुभकामना दिए।
उनले यसअघि अपरान्ह पौने चार बजेबाट आम सर्वसाधारणलाई दशैंको टीका लगाइदिएका थिए।