गेटामा सय शय्याको अस्पताल सञ्चालन,स्व.नेता प्रेमसिंह धामीले सुपमा देखेका सपना पुरा हुर्दै

धनगढी, मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठानपछि विश्वविद्यालय घोषणा गरिएको कैलालीको गेटामा बुधबारदेखि एक सय शय्याको अस्पातल सञ्चालन हुने भएको छ । गेटामा सय शय्याको अस्पताल सञ्चालन गरिने

गेटा अस्पतालका निर्देशक डा.प्रमोद जोशीले पत्रकार सम्मेलन गरी कात्तिक १ गतेदेखि सामान्य सुविधासहित एक सय शय्याको अस्पताल सञ्चालन हुने जानकारी दिएका हुन् । डा.जोशीका अनुसार जनरल ओपीडी सेवा, हाडजोर्नी तथा नशा रोग, स्त्री रोग, जनरल सर्जरी, अल्ट्रासाउन्ड सेवा, एक्सरे सेवा, प्रयोगशाला र फार्मेसी सेवासहितको अस्पताल सञ्चालन हुने भएको हो ।

‘११ जना विशेषज्ञ चिकित्सकसहित बुधबारदेखि सेवा सुरु भए पनि सेवा विस्तार हुँदै जाने छ,’ डा.जोशीले भने, ‘आगामी वैशाख महिनाभित्र थप सात वटा विशेषज्ञ सेवा विस्तार गरिने छ ।’

२०५१ सालमा तत्कालीन मनमोहन अधिकारी नेतृत्वको सरकारले कञ्चनपुरको पुर्नवासको कोटीहोम क्षेत्रमा स्व.नेता प्रेमसिंह धामी आवास तथा भौतिक योजना राज्यमन्त्री हुदा मेडिकल कलेज स्थापना गर्ने निर्णय र शिलन्यास गरेको थियो ।

आज झण्डै ३० वर्षपछि मेडिकल कलेजका लागि बनेको भवनमा बुधबारदेखि अस्पताल सञ्चालन हुने भएको हो । सरकारले मेडिकल कलेज स्थापनाका लागि भौतिक पूर्वाधार निर्माण गरेपछि सरकारले गत पुसमा विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।

 

ताजा समाचार