कोशीमा काँग्रेसका कार्की मुख्यमन्त्रीमा नियुक्त

काठमाडौँ , कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त हुनु भएको छ । प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उहाँले बहुमत जुटाएका हुन् । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गरेका थिए, जुन बहुमत हो ।

मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबो पनि दाबी गरेका थिए । शुक्रवार दुवै आकाङ्क्षीको पक्षमा ४७÷४७ सांसदको समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले आज (शनिवार) बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोकेका थिए ।

सनाखतमा बहुमत पुष्टि भएसँगै संविधानको धारा १६८(५) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । सनाखतमा आङबो पक्षका समर्थक सनाखतका लागि उपस्थित भएनन् ।

मुख्यमन्त्री नियुक्त भएका कार्की नेपाली कांग्रेसबाट विद्रोह गरेका हुन् । कांग्रेस शेखर कोइराला समूहका ८ जनाले विद्रोह गरेर एमालेका सांसदको समेत समर्थन जुटाएर कार्कीले मुख्यमन्त्री दाबी गरेका थिए ।

 

ताजा समाचार