धनगढी, कैलालीको गोदावरीमा रहेको गेटा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक ऐन नेपाल सरकारले संघिय सदनमा दर्ता गर्ने निणर्य गरेको छ ।
मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले मेडिकल कलेज सञ्चालनका लागि शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्थापन गर्न विधेयक सदनमा दर्ता गर्ने निणर्य गरेको हो । सो निणर्यलाई मन्त्रीपरिषदको बैठकले स्वीकृत गरेको छ ।
मेडिकल कलेजका भवनहरु निर्माण भइसक्दासमेत कानुन नहुँदा सञ्चालन हुन सकेको छैन् । सरकारले मेडिकल स्थापनाका लागि २०५६ सालमै गेटा आँखा अस्पताल अगाडि ७७ बिघा जमिन छुट्याएको हो ।
अहिले मेडिकल कलेजमा आन्तरिक सडक कालोपत्र, ढल व्यवस्थापन, पानी र विद्युत जडान लगायतका काम भइरहेको जनाइएको छ।