काठमाडौं , एसियाली खेलकुद ९एसियाड०को क्वाटरफाइनलअन्तर्गत भारतविरुद्धको खेलमा नेपाल २३ रनले पराजित भएको छ। २०३ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९ रन बनायो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए। पाँचौं विकेटका रुपमा पेभेलिएन फर्किएका दीपेन्द्रले १५ बलमा ४ छक्का प्रहार गरेका थिए।
यस्तै, कुशल मल्ल र सन्दीप जोराले समान २९/२९ रन बनाए। २२ बल खेलेका कुशल मल्लले २ छक्का र २ चौका प्रहार गरे। सन्दीप जोराले भने १२ बलमा ३ छक्का र १ चौका प्रहार गरे।