गोदावरीमा प्रतिनिधि छनोट प्रक्रिया बहिष्कार , बहिष्कारबिच मतदान जारी

अत्तरिया, नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिबेशन यहीँ असोज २१ र २२ गते हुदैछ । त्यसका लागि प्रत्येक पालिकामा प्रतिनिधी छनोट जारी छ । गोदावरीमा हिजोदेखि प्रतिनिधि छनोटमा सहमति हुन नसक्दा आज चुनावी प्रक्रियामा गएको छ।

कैलालीको गोदावरी नगरपालिकामा नेकपा एमालेको प्रतिनिधि छनोट प्रक्रियामा आपतजनाउदै पुर्वमन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य आनन्द भट्ट पक्षले चुनावको प्रक्रिया नमिलेको भन्दै बहिष्कार गरेको छन्। आज बिहानै पाटी कार्यालय पुगेर उक्त पक्षले निर्वाचन समितिलाई प्रक्रिया नपुगेको भन्दै पत्र बुझाए र बहिष्कारको थियो। निर्बाचन प्रक्रिया विधि सम्मत नभएकाले रोक्नु पर्ने भन्दै बहिष्कार गरेका छन् ।

मतदान अधिकृतलाई उक्त बिषयमा बुझ्न खोज्दा अधिकृतको मोवाईल नम्बर सुईचप गरेको पाईएको छ । पुर्वमन्त्री सुवेदी र भट्टपछिको पत्रलाई ईङकार गदै मतदान जारी नै गरेको छ । स्थलगत क्षेत्रको बिषयमा बुझ्दा प्रदेश कमिटी सदस्य हरिसिह साउद र नगर अध्यक्ष गोकर्ण भट्ट पक्षहरु अहिले चुनावी मैदानमा रहेको पाएको छ ।

अर्को पक्ष चुनावी मैदानमा नरहेको स्रोतको दाबी छ । दलित कलस्टरमा भने सहमति भएको छ । गोदावरीमा एमालेका १,९११ संगठित सदस्य रहेका छन् ।

 

ताजा समाचार