कैलाली, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच भेटवार्ता भएको छ ।
एलिसले मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर दाहालसँग भेटवार्ता गरेकी हुन् । आज बिहान भएको उक्त भेटमा भदौ १३ गतेदेखि सुरु भएको एमसिसी परियोजना कार्यान्वयनबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यही आइतबार नेपाल आएकी उनले प्रमुख राजनीतिक दलका नेताहरूसँगको भेटवार्तालाई तीव्रता दिएकी छन् । अमेरिका र नेपाल सरकारबीच सम्झौतामा हस्ताक्षर भएको ६ वर्षपछि गएको १३ भदौबाट एमसिसी परियोजना कार्यान्वयनमा गएको छ ।