काठमाडौं, सरकारले भोली बिहीबार सार्वजनिक विदा दिने भएको छ । नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टिका लागि सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
मंगलबार हृदयघातका कारण ७१ वर्षीय नेम्वाङको निधन भएको थियो । उनका दुई छोराहरू नै विदेशमा रहेका र आज अपरान्ह मात्रै नेपाल आइ पुग्ने भएकाले उनको अन्त्येष्टि बिहीबार गर्न लागिएको हो ।