बिपी कोइराला राष्ट्रभक्त र क्रान्तिकारी नेता हुनुहुन्थ्यो : कानुन मन्त्री भट्ट

बैतडी, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले बिपी कोइराला राष्ट्रभक्त र परिवर्तनकारी नेता रहेका बताएका छन् ।

बैतडीको पाटनमा आइतबार ११० औं बिपी जयन्तीको अवसरमा तरुण दलले आयोजना गरेको प्रशिक्षण तथा वेभसाइट उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भट्टले यस्तो बताएका हुन् । उनले भने, “बिपी कोइराला राष्ट्रभक्त र परिवर्तनकारी क्रान्तिकारी नेता हुनुहुन्थ्यो, राष्ट्रियता लागि लडिरहने व्यक्तित्व हुनुहुन्थ्यो ।”

राष्ट्रियता,स्वतन्त्रता र सामाजिक न्याय मानिसका आधारभुत चाहना हुन भन्ने बिपीले युवाहरुलाई संगठित गर्न नेविसंघ र तरुण दलको स्थापना गरेको मन्त्री भट्टले बताए ।

पछिल्लो समय नेपाली कांग्रेसबारे गलत प्रचार भएको भन्दै मन्त्री भट्टले वैचारिक आन्दोलनको आवश्यकता रहेको औँल्याए । उनले भने, “कांग्रेसले गरेका राम्रा काम जनसमक्ष पुर्‍याउन जरुरी छ । यसका लागि वैचारिक आन्दोलनको आवश्यकता छ।”

 

 

ताजा समाचार