१७ औँ मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस गोदावरीमा पनि मनाइयो

अत्तरिया , १७ औँ मानव बेचबिखन तथा ओसारपसार विरुद्ध राष्ट्रिय दिवस गोदावरीमा पनि मनाइएको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीको आयोजनामा प्रभातफेरी गरिएको छ ।ईलाका प्रहरी कार्यालय मालाखेतीको प्राङगणबाट प्रभातफेरी शुरु भएर बसपार्कमा पुगेर सकिएको थियो ।

प्रभातफेरीमा गोदावरी नगरपालिकाकी उपमेयर, बिभिन्न वडाका वडा अध्यक्षहरु, वडा सदस्यहरु,नेपाल प्रहरी, उधोग बाणिज्य संघका प्रतिनिधी, बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ नेपाल सरकारले अनुमोदन भएको दिन यो दिवस मनाइँदै आएको छ । २०६४ साल देखी भाद्र २० गते देखि राष्ट्रिय दिवसको रूपमा मनाइएको छ ।

 

ताजा समाचार