एमाले लुम्बिनी अधिवेशनको मत गणना:पहिलो सार्वजनिक मतमा ५० बराबरी

रुपन्देही , नेकपा एमाले लुम्बिनी प्रदेश नेतृत्वको लागि भएको चुनावको सय मत गणनामा अध्यक्षका आकांक्षीको कडा टक्कर देखिएको छ । प्रारम्भिक नतिजामा अध्यक्षका दुबै उम्मेदवारले समान ५०-५० मत पाएका छन् ।

अध्यक्षका उम्मेदवार राधाकृष्ण कंडेलले ५० मत पाउंदा अर्का उम्मेदवार हरिप्रसाद रिजालले पनि ५० मत नै पाएका निर्वाचन समितिले जनाएको छ । कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो ।

मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीका अनुसार आजै रातिसम्म गणना सकेर मतपरिणाम सार्वजनिक गर्ने तयारी छ । प्रत्येक सय मत गनेर सकेपछि परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।

पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् । पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको छ ।

 

ताजा समाचार