श्रीपुर खानेपानीमा कर्मचारी छनौटमै भ्रष्ट्राचार

अत्तरिया , कैलालीको गोदावरी ७ मा रहेको श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा भ्रष्ट्राचार भएको छ । कर्मचारी छनौटको विषयमा संस्थाका पदाधिकारीहरुले भ्रष्ट्राचार गरेका कुरा बहिर आएको छ । गत साउन ८ गते खुलेको मिटर रिडर पदमा कर्मचारी पदपुर्ति गर्नुपर्ने विषयमा संस्था पदाधिकारीहरुले भ्रष्ट्राचार गरेको स्रोतले बताएको छन् ।

उक्त पदका लागि भदौ ८ गते भएको परिक्षामा सहभागी उम्मेदवारहरु मध्ये सोही वडाकी लक्ष्मी साउँदबाट संस्थाका पदाधिकारीहरुले १ लाख २० हजार रुपैया घुस मागेको बताइएको छ ।

संस्थाका अध्यक्ष खड्क सिँ ओली, सचिव रमेश कुमार ओली र सदस्य जनप्रकाश शाहुले पदपुर्तिका लागि उम्मेदवारी दिएकी लक्ष्मी साउँदबाट रकम माग गरेको र रकम दिएपश्चात पनि कर्मचारीमा छनौट नगर्दा भ्रष्ट्राचारको कुरा बाहिर आएको स्रोतले बताएको छ । समितिले उक्त पदमा सोही वडाकी भगवती विष्टलाई छनौट गरेको छ ।

 

ताजा समाचार