१६ औं राष्ट्रिय पुस्तकालय दिवस अत्तरियामा पनि मनाइयो

अत्तरिया , कैलालीको अत्तरियामा १६ औं राष्ट्रिय पुस्तकालय दिवस मनाइएको छ । प्रतिभा सामुदायिक पुस्तकालयको आयोजनामा आज १६ औं राष्ट्रिय पुस्तकालय दिवस कार्यक्रम भव्य रुपमा मनाइएको हो । दिवसको उपलक्षमा गोदावरी नगरपालिका क्षेत्र भित्र पर्ने गरी अन्तर मा.वि.स्तरीय कविता प्रतियोगिता कार्यक्रम आयोजना गरिएको थियो ।

संस्थाका अध्यक्ष पुष्पराज जोशीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य  जानकी पौडेल कुँवर रहेकी थिईन भने विशिष्ट अतिथि दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख  नरेन्द्रबहादुर ऐर एवम् दुर्गा लक्ष्मी नमुना मा.वि.का अध्यक्ष  गणेशबहादुर शाह रहेका थिए। संस्थाका सह–सचिव भूपेश जोशीले सञ्चालन गरेको कार्यक्रमकोे शुभारम्भ पुस्तकालयका वर्तमान उपाध्यक्ष एवम् कार्यक्रम संयोजक यज्ञराज हमालले गरेका थिए ।

प्रतियोगी विद्यार्थीहरुलाई आयोजक प्रतिभा सामुदायिक पुस्तकालयको तर्फबाट कविताको शीर्षक ‘ज्ञानका लागि पुस्तक’ यस अघि नै संप्रेषण गरिएको थियो ।आज भएको उक्त प्रतियोेगितात्मक कार्यक्रममा गोदावरी नगरक्षेत्र भित्रका कुल १५ वटा माध्यमिक विद्यालयहरुबाट आएका २७ जना विद्यार्थीहरु सहभागी भएका थिए ।

सो कविता प्रतियोगिताका निर्णायकको रुपमा  डोटी क्याम्पसका पूर्व प्राध्यापक तीर्थराज जोशी  संयोजक रहनेगरी साहित्यकार कृष्णराज ओझा र  तारा भट्ट पल्लवी निर्णायक सदस्य रहेका थिए ।

प्रतियोगितामा शैनिक आबासिय महाबिधालयका लक्ष्मी जैशी पहिलो भएका थिए भने दुर्गालक्ष्मी नमुना बिधालयका नितिका अबस्थी दोस्रो भएका थिए । यस्तै शैनिक आबासिय महाबिधालय कै प्रबिण भण्डारी तेस्रो भएका थिए ।

 

ताजा समाचार