गोदावरीमा नगर स्तरिय हाजिरीजबाफ प्रतियोगिता हुर्दै

अत्तरिया , कैलालीको गोदावरीमा नगर स्तरिय हाजिरीजबाफ प्रतियोगिता हुने भएको छ । यही भाद्र १६ गते पिएफए स्पोर्ट्स क्लब अत्तरियाको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।

क्लबले सो बिषयमा आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । क्लबकी उपाध्यक्ष  भगवती साउँदले  निजि र सामुदायिक गरि २३ बिधालयलाई सहभागिताको लागी पत्राचार गरिएको बताईन ।

उनका अनुसार हरेक बिधालयबाट ४ जना बिधार्थीले सहभागिता जनाउने छन । प्रतियोगितामा माबी स्तरका बिधार्थीले सहभागीता जनाउन सक्ने छन ।  हाजिरीजबाफ प्रतियोगिता नमस्ते पार्टी प्यालेस हुने छ ।

क्लबका प्रतिनिधी सिद्द बोहराले बिधार्थीको शैक्षिक क्षमतालाई प्रेरित गर्न प्रतियोगिता गरिएको बताए ।

 

ताजा समाचार