गोदावरी- ८ स्याउलेमा महिला देउडियासँग स्थानिय रमाउन थाले

अत्तरिया ,  कैलालीको गोदावरी नगरपाली- ८ स्याउलेमा देउडा खेलमा स्थानिय रमाउन थालेका छन् । सोमबार देखी गौरा पर्बको मेला नै शुरु भएको छ । स्याउले स्थीत विश्वनाथ महादेव मन्दिर परिसरमा १५ गतेसम्म मेला लाग्ने भएको हो ।

धर्मेश्वर फाउन्डेसनको आयोजना तथा स्याउले बजार व्यवस्थापन समिति र शिवशत्ति युवा क्लबको सहयोगमा मेला सुरु भएको हो । स्वर्गीय पिता धर्म सिंह देउवाको स्मृतिमा छोराहरु गणेश देउवा,गोपाल देउवा,मनिस देउवा र विरेन्द्र देउवाले फाउन्डेसनसंग मेलाको लागी सहकार्य गरेका हुन् । मेलामा विभिन्न ठाँउका चर्चित देउडिया कलाकारहरुको पनी उपस्थीती रहेको छ ।

सोमबार गंगा खत्री र पदमराज जोशीले देउडिया को भूमिका निर्बाह गरे। साँझ परेपछि देउडा खेल्नेहरुको बढि भिड लाग्ने गरेको छ ।

 

ताजा समाचार