आज बिहान १० देखि ४ बजेसम्म भीमदत्त राजमार्ग अवरुद्ध हुने

अत्तरिया , आज बिहान १० देखि ४ बजेसम्म भीमदत्त राजमार्ग अवरुद्ध हुने भएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार भीमदत्त राजमार्गको बुढीतोलामा पहिरोका कारण भासिएको सडक मर्मतका लागि बिहान १० देखि ४ बजेसम्म सवारी आवागमन बन्द गरिने छ ।

उक्त क्षेत्रमा पानी रहेकाले सवारी सञ्चालनमा समस्या हुने गरेको छ । साउन २२ गते सोमवार रातीको अविरल वर्षापछि कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोला क्षेत्रमा सडक भासिएपछी राजमार्ग अवरुद्ध भएको थियो ।

पाँच सय मिटर सडक भासिएकाले मर्मतमा समस्या हुने गरेको छ । वर्षाका कारण बुढीतोलामा पहिरो गएको थियो ।

 

 

ताजा समाचार