हङकङलाई १३ रनले हराउदेै नेपाल च्याम्पियन

काठमाडौँ, नेपालले मलेसियामा भएको टी २० महिला क्रिकेटको उपाधि हात पारेको छ। चारदेशेशीय सिरिजको उपाधि नेपालले जितेको हो।

मलेशियामा शनिबार भएको फाइनल खेलमा हङकङलाई १३ रनले पराजित गर्दै नेपालले सिरिज जितेको हो। हङकङले दिएको १०२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५.३ ओभरमा एक विकेट गुमाएर ३७ रन बनाउँदा वर्षाले खेल रोकिएको थियो। त्यसपछि खेल हुन नसक्दा डीएल मेथडबाट रिजल्ट निकालिएको हो।

त्यसबेला नेपाल १३ रनले अगाडि हुँदा नेपाल विजेता बन्यो। नेपालका लागि इन्दु वर्माले १९ र सीता राना मगरले १३ रन बनाइन्। हङकङका लागि इक्रा शहरले एक विकेट लिइन्।

यसअघि ब्याटिङ गरेको हङकङले ६ विकेट गुमाएर १०१ रन बनाएको थियो। हङकङका लागि का यिङ छनले २९, मरिना एन्टोनियाले १९ रन बनाएकी थिइन्। नेपालका लागि खुशी डंगोलले तीन, अस्मिता कर्माचार्य र पूजा महतोले एक–एक विकेट लिएका थिए। आईसीसी टी २० विश्वकपको एशिया छनोटको तयारीका लागि यो प्रतियोगिता भएको हो।

 

ताजा समाचार