आज नेपाल र हङकङ खेल्ने

काठमाडौं, मलेसियामा जारी चार देश सहभागी महिला टी–२० आई सिरिजको फाइनलमा शनिवार नेपाल र हङकङबीच खेल हुँदैछ। अन्तिम खेलमा मलेसियासँग पराजित भए पनि नेट रनरेटको कारण शीर्षस्थानमा रहँदै नेपाल फाइनलमा पुगेको हो।

शुक्रवार भएको समूहको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग ६ विकेटले पराजित भएको हो। नेपाल तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा छ। नेपालको नेटरनरेट ०.८५३ छ। अघिल्ला दुई खेलमा नेपालले कुवेतलाई र हङकङलाई हराएको थियो।

हङकङ तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ। हङकङको नेट रनरेट ०.१९२ छ। हङकङले कुवेत र मलेसियालाई हराएको थियो। मलेसिया तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंक भए पनि नेट रनरेटका कारण तेस्रो स्थानमा पुग्यो।

मलेसियाको नेटरनरेट ०.००७ रह्यो । कुवेत तीन खेलमा तीनवटैमा हारका साथ अंकविहीन हुँदै बाहिरियो। तेस्रो स्थानको लागि शनिबार नै मलेसिया र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।

 

ताजा समाचार