स्वर्गीय श्रीमानको जन्मदिनमा धर्मीले गरिन वृद्धाश्रमलाई सहयोग

अत्तरिया, कैलालीको गोदावरी-४ बसन्तपुरकी धर्मी खड्काले स्वर्गीय श्रीमानको जन्मदिनमा वृद्धाश्रमलाई खाधान सहयोग गरेकी छन् ।

खड्काले स्वर्गीय श्रीमान कमल सिंह खड्काको जन्मदिनमा कञ्चनपुरको वेदकोट नगरपालीका वडा नम्बर ७ मा रहेको बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा खाधान सहयोग गरेकी हुन् ।

उनले चामल,दाल,नुन,तेल आलु लगायत करिब दश हजार बराबरको खाधान सहयोग गरेकी हुन् । उनले स्वर्गीय श्रीमानले वृद्ध व्यत्तिmहरुलाई धेरै माया गर्ने गरेका कारण सम्झनामा आफुले वृद्ध व्यत्तिmहरुको आश्रममा आई सहयोग गरेको बताईन् ।

उत्तm आश्रममा हाल विभीन्न जिल्लाका १७ जना जेष्ठ नागरिक बस्दै आएका छन् । उनका श्रीमानको करिब २ वर्ष अगाडी निधन भएको थियो ।

श्रीमानको सम्झनामा विभिन्न ठाँउमा सहयोग गर्दै आएकी उनले यसअघि अत्तरियामा रहेको मानव सेवा धर्मको परिसरमा सभाहल पनि निर्माण गरेकी थिईन् ।यि लगायत बिभिन्न संस्थाहरुलाई सहयोग गर्दै आएकी छन् ।

 

ताजा समाचार