सुन तस्करी छानबिन गर्न आयोग गठन गर्न सहमति, सदन चल्ने

काठमाडौं,बुधबारको प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति भएको छ । सिंहदरबारमा जारी राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठकले आजको प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति गरेको हो ।

राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच २ बुँदे सहमतिसमेत भएको छ ।

सहमति पत्रमा विदेशबाट इलेक्ट्रिक सिगरेटमा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको, मिति २०८० साउन २ गते ब्रेक-सुमा राखी अवैध पैठारी (तस्करी) गरिएको सुन लगायत पटकपटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र र निष्पक्ष छानबिन गर्न आयोग गठन गरिने उल्लेख छ।

 

ताजा समाचार