कांग्रेस नेता कार्की र पाण्डेको कार्बाही फिर्ता

अत्तरिया , नेपाली कांग्रेस कैलालीले कार्बाही गरेको भनिएका दुई नेताको कार्बाही फुकुवा भएको छ । गोदावरी -१ का लोकराज पाण्डे ‘आगो’ र चुरेका अगुवा कांग्रेस नेता सुरत बहादुर कार्कीलाई जिल्ला सभापती नारायण दत्त भट्टले कार्बाही गरेका थिए । कार्बाही गरेको पत्र भने सम्बन्धित ब्यक्तीलाई नदिएर सामाजिक सन्जालमा सार्बजनिक भएको थियो ।

त्यसपछि कार्की र पाण्डेले प्रदेश समितीमा निबेदन दिएका थिए । प्रदेश समितीका कार्यबाहक सभापती लोकराज अबस्थी संगको छलफल पछि  क्षेत्र नम्बर ४ का सभापती बसन्त रोकायाको पहलमा कार्बाही फिर्ता भएको हो । रोकायाले यस अघि भएका असमझदारी हटाएर पार्टी एक ढिक्का बनाउने अभियान अन्तर्गत यो कार्य भएको बताए ।

सहमती यस्तो छ :   

congress1692789930.jpg

 

ताजा समाचार