पर्यटन मन्त्री किराँतीलाई पितृ शोक

काठमाडौं , संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ ।

माओवादी केन्द्रीय सदस्य सूर्य सुवेदीका अनुसार मन्त्री किराँतीका पिताको आज बिहान निधन भएको हो ।
पिताको निधनपछि मन्त्री किराँतीले आफू पूर्ण रूपमा टुहुरो भए पनि कर्तव्यबाट टुहुरो बन्न नमिल्ने बताएका छन् । उनले आफ्नो बाँकी जीवन देशवासीहरूको सेवामा लगाउने बताएका छन् ।

उनले फेसबुकमा भनेका छन्, ‘भरखरै बुबाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभयो ! उप्रान्त बुवा आमा त रहनु भएन रह्यो त केवल खिची छोडेको तस्बिर आँखामा ।

पितृत्व र मातृत्व छाती भित्र । आज बाट हामी पूर्ण रूपमा टुहुरो भयौँ तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकी जीवन उहाँहरूको सेवामा लगाउने छु । निःशब्द छु तर भन्न बाध्य छु बुवा हार्दिक श्रद्धाञ्जली !’

 

ताजा समाचार