हराएको एक महिनापछि बैतडीका रमेश मृत अवस्थाम भेटिए

बैतडी , बैतडीमा एक महिनादेखि हराएका बालक मृत अवस्थामा भेटिएका छन । जिल्लाको पञ्चेश्वर गाउँपालिका–०४ कनिना डङाका रमेश भट्ट सोमवार मृत भेटिएका हुन्।

पञ्चेश्वर गाउपालिका–०३ मड् वल्या खोलाको खानेपानि ट्याङकि नजिक झाडिमा सडेको अवस्थामा शब फेला परेको स्थानियले बताए । सुस्त मनस्थितिका १४ बर्षिय रमेश श्रावण ७ गते हराएका थिए।

३ दिन अगाढी खानेपानि लाईन बनाउन आएका स्थानियहरुले मान्छे कुहिएको जस्तो गन्ध आएपछि रमेशका परिवारलाई खबर गरेका थिए।शब सडेर हड्डि मात्र रहेको अवस्थामा रमेशको शब फेला परेको हो। कपडा र चप्पलका आधारमा पहिचान गर्न सकिएको स्थानियले बताए।

सबैभन्दा माथि रमेशका चप्पल अलि तलतिर शरिल कपडा र त्यो भन्द तल टाउको भेटिएको उनले बताए।जंगलि जनावरले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ। घटनाबारे थप खुल्न सकेको छैन् ।

 

ताजा समाचार