एसिया कप खेल्न सन्दीप लामिछाने पाकिस्तान नजाने

काठमाडौं, भदौ १३ गतेदेखि पाकिस्तानमा हुने एसिया कप क्रिकेट प्रतियोगितामा खेल्न नेपाली टोली बुधबार राति १ बजे पाकिस्तान जाँदैछ। तर उक्त खेल खेल्न सन्दीप लामिछाने नजाने भएका छन्।

मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गरी सन्दीप पाकिस्तान नजाने जानकारी दिएको छ। नाबालिग बलात्कार आरोपमा उनीविरुद्ध चलिरहेको मुद्दाको फैसला हुननसकेपछि उनी पाकिस्तान नजाने भएका हुन्। गत साउन ३२ गते उनको मुद्दामा पेसी तोकिएकोमा सुनुवाइ हुन सकेन।

रोहित पौडेलको कप्तानीमा नेपाली टोली पाकिस्तान जान लागेको हो। टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुलशन झा, सोमपाल कामी, किशोर महतो, प्रतिश जिसी, श्याम ढकाल, सन्दीप जोरा, ललित राजवंशी र अर्जुन साउँद छन्।

पहिलो खेल नेपाल र पाकिस्तानबीचको भदौ १३ मा हुनेछ। नेपालले आफ्नै दोस्रो खेल भारतसँग खेल्नेछ। यसपालिको एसिया कप क्रिकेट अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुन लागेको छ।

 

ताजा समाचार