मोहन्यालमा राष्ट्रिय युवा संघ नेपालको प्रशिक्षण कार्यक्रम सम्पन्न

अत्तरिया , राष्ट्रिय युवा संघ नेपालले देशभरी प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। शनिबार कैलालीको मोहन्याल गाउपालिका कुईनेमा एक कार्यक्रमबीच प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।

राष्ट्रिय युवा संघ नेपाल मोहन्याल गाउपालिकाका कार्यवाहक अध्यक्ष प्रकाश माँझीको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य गणेश महराले इमान्दारिता र जनताले विश्वास गर्ने पार्टी नेकपा एमाले रहेको बताउनु भयो । छल,कपट र झुटको खेति गरेर जनतालाई भ्रममा राखिएकाले अब चाँडै नै आफ्नो पार्टी खोज्दै जनता एमालेमा आउने बताए ।

पार्टीलाई अगाडि बढाउनको लागी अहिलेको युवाको अत्यन्त ठूलो भुमिका रहेकाले युवा शक्तिलाई क्रियाशील भएर लाग्नको लागी अनुरोध गर्नुहुँदै महराले अबको निर्वाचनबाट नेकपा एमाले दुई तिहाई बहुमतको साथ बिजयी गर्ने गरी लाग्न युवाहरुलाई अपिल समेत गरेका थिए।

अब हामीले १६ बर्ष देखि २४ बर्ष सम्मका युवाहरुलाई संगठनमा ल्याउनु पर्ने र उहाँहरुलाई सदस्यता,संगठनका बिषय प्रशिक्षण दिनु पर्ने उनले बताए । प्रशिक्षण कार्यक्रममा जिल्ला कमिटि सदस्य, युवा संघका सदस्य,गाउपालिका प्रतिनीधि र युवाहरुको सहभागिता रहेको थियो ।

 

 

 

ताजा समाचार